भोलिदेखि ढुवानी सेवा बन्द गरिने


३१ असार २०७६, मंगलवार १५:५० मा प्रकाशित

काठमाडौं । मूल्य अभिबृद्धि कर (भ्याट) र वेब वेस ट्रयाकिङ सिस्टमको विरोधाम ढुवानी व्यवसायीहरूले भोलिदेखि ढुवानी सेवा बन्द गर्ने भएका छन् ।

ढुवानी व्यवसायीले भ्याट र ट्रयाकिङ सिस्टम लागू नगर्न माग गर्दै साउन १ देखि सबै सेवाका ढुवानी ठप्प पार्ने निर्णय गरेका छन् । ‘तत्काल भ्याटमा जान सक्ने अवस्था छैन। सरकारले तयारी बिनानै भ्याटमा अनिवार्य गरेकाले आन्दोलन गर्न बाध्य भएका छौैं,’ ढुवानी व्यवसायी संघका अध्ययक्ष हिरालाल श्रेष्ठले भने ।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । आन्दोलनकै कार्यक्रमअन्तर्गत भोलिदेखि ढुवानी सेवा ठप्प पारिने जनाएको छ । उनीहरूको आन्दोलनलाई नेपाल उद्योग वाणिज्य महासंघले पनि साथ दिएको छ। महासंघ पनि आन्दोलनमा उत्रिएपछि सरकारलाई भ्याट र ट्रयाकिङ सिस्टम लागू गर्न कठिन हुनेछ । महासंघको आइतबारको भेलाले ढुवानी व्यवसायीको आन्दोलनलाई साथ दिने निर्णय गरेको हो ।

सरकारले साउन १ गतेदेखि भ्याट र ट्रयाकिङ सिस्टम लागू गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here