विभिन्न सहकारी संस्थामा लुटपाट गर्ने गिरोह पक्राउ


८ बैशाख २०८१, शनिबार ०८:२५ मा प्रकाशित

झापा । पूर्वका विभिन्न स्थानमा सहकारी संस्थाहरूमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार पक्राउ जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेको समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ ।

पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट, झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ गरेका आरोपितको नाम प्रहरीले गोप्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here