आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै


२९ चैत्र २०८०, बिहीबार ०८:५६ मा प्रकाशित

विराटनगर ।  इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईदउलफित्र’ आज मनाइँदै छ । ईदउलफित्र मनाउनका लागि आज मुस्मिलम समुदाय ‘ईदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।

मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन्।  

यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।

हाल उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४७ हो। रमजान महिना नवौं महिना हो । रमजान महिनामा नै मुस्लमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ ।

ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेका छन् । 

विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिंदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here