जनप्रतिनिधिकै निर्देशनमा स्थानीय युवाहरु कुटिए, एकको अवस्था गम्भीर


३१ असार २०७६, मंगलवार १३:२८ मा प्रकाशित

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका वार्ड १७ मा जनप्रतिनिधिकै निर्देशनमा स्थानीय युवाहरु कुटिएका छन् ।

निरन्तर बर्षासँगै आएको बाढीले ढुवान भएपछि अवरुद्ध भएको सडक खुलाउन गएका स्थानीय युवाहरुलाई फोरमबाट निर्वाचित वडा अध्यक्ष परमेस्वर यादव र प्रदेश सभा सदस्य राम अशीष यादवको विशेष निर्देशनमा उनका सहयोगीहरुले आफुहरु कुटिएको युवाहरुले आरोप लगाएका छन् ।

उत्ता वडा कार्यालयले भने युवाहरु वर्षाको पानीले बिग्रेको बाटो नबनाएको भन्दै नारा जुलूस गर्दै वडा कार्यालय पुगेर आक्रमण गरेकाले आफुहरुले युवाहरुलाई नियन्त्रण गर्दा यस्तो अवस्था सिर्जना भएको जनाएको छ । घाईते युवाहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये जितेन्द्र मुखियाको टाउकोमा गंभीर चोट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here