नेपालकाे ‘ए’ टाेली ६० रनमै अल आउट, आयरल्यान्ड ‘ए’ ले एक खेलअघि नै शृङ्खला जित्याे


२३ चैत्र २०८०, शुक्रबार १५:१० मा प्रकाशित

काठमाण्डाै – आयरल्यान्ड ‘ए’ टाेलीसँगकाे दाेस्राे एकदिवसीय क्रिकेटमा नेपालकाे ‘ए’ टाेलीले लज्जास्पद हार बेहाेरेकाे छ । नेपाल ‘ए’ १ सय १४ रनले पराजित भयाे ।

आयरल्यान्ड ‘ए’ ले दिएकाे १ सय ७५ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ‘ए’ १६ ‌ओभर ५ बलमा ६० रनमै अल आउट भयाे । नेपालका भीम सार्कीले सबैभन्दा धेरै १७ रन बनाए । यस्तै कप्तान विनाेद भण्डारीले १६ रन बनाए । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् । बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु हमफ्रेसले ६ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे आयरल्यान्ड ‘ए’ ३८ ओभर ४ बलमा १ सय ७४ रन बनाउँदा अल आउट भयाे । आयरल्यान्ड ‘ए’ का गभिन हाेएले ५०, कप्तान निल रकले ४५, लायम म्याककार्थीले ३५ रन बनाए । बलिङतर्फ नेपाल ‘ए’ का रिजन ढकाल र शाहब आलमले समान ३ विकेट लिए । यस्तै माैसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

याेसँगै आयरल्यान्ड ‘ए’ ले तीन खेलकाे शृङ्खला एक खेलअघि नै जितेकाे छ । पहिलाे खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएकाे थियाे । शृङ्खलाकाे अन्तिम खेल पर्सि आइतवार हुनेछ ।

यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलकाे टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here