समाजवादको बाधक भनेको अहिलेको संविधान र संवैधानिक व्यवस्था होः अध्यक्ष यादव


२० चैत्र २०८०, मंगलवार १५:१४ मा प्रकाशित

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौं समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको जिकिर गर्नुभयो ।

उहाँले अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव नरहेको बताउनु भयो । उहाँले अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको बतउनु भयो ।

उहाँले समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै उन्मुख नहुने बताउनु भयो ।

उहाँले नेपालको संघीयता संघीयता जस्तो मात्रै भएको तर कुरुप रहेको बताउनु भयो ।

अध्यक्ष यादवले सामाजिक न्याय बिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गर्नुभयो । उहाँले पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here