त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी बिन्दूबाट जहाज अवतरण गर्न नपाइने


१९ चैत्र २०८०, सोमबार ०८:०४ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी बिन्दूबाट जहाज अवतरण गर्न नपाइने भएको छ ।

एक मात्र धावनमार्ग रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि दुवै बिन्दूबाट जहाज अवतरण हुँदै आएकोमा अब तीन महिनाका लागि उत्तरी बिन्दूबाट अवतरण गर्न नपाइने भएको हो । विमानस्थलभित्र पूर्वाधार निर्माणका काम भइरहेकाले उत्तरबाट जहाज अतरण रोकिएको हो ।

उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेको हो । तीन महिनाभित्र यो काम सकिने लक्ष्य विमानस्थल राखेको छ । त्यसपछि काठमाडौँ विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुने भएको छ ।

काठमाडौँ विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ । उत्तरबाट अवतरण/उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि जहाज लैजान पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here