प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा  प्रधानमन्त्री प्रचण्डले जवाफ दिने


६ चैत्र २०८०, मंगलवार ०७:३९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here