सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै


५ चैत्र २०८०, सोमबार ०८:०२ मा प्रकाशित

काठमाडौँ । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

सत्ता गठबन्धन कार्यदलले मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ । शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो । यसलाई सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् ।

कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य मुकुल ढकालले जानकारी दिएका छन् । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिइएको ढकालले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here