बाबुरामलाई बाइपास गर्दै माओवादी र नेसपाबिच एकता गर्ने सहमति


३ चैत्र २०८०, शनिबार १०:३३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ ।

शनिबारका दिन माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई भने बाइपास गरिएको छ । बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा रहेका थिए ।

उनी आजको बैठकमा समेत सहभागी थिएनन् । सहमतिमा माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here