रेशम र मेरो पार्टीगत विचार मिलेन तर परिवार फुट्दैनः रञ्जिता श्रेष्ठ


३० फाल्गुन २०८०, बुधबार २०:१९ मा प्रकाशित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रुपमा विचार नमिलेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान रेशम चौधरीसँग पार्टीगत रुपमा विचार नमिलेको बताएकी हुन् ।

उनले आफू मन्त्री बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको बताइन् । उनले रेशम चौधरीलाई महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि निर्वाचन आयोगले नमानेको भन्दै सो कुरा रेशम आफूले पनि स्वीकार गरिसकेको बताइन् ।

उनले भनिन् – ‘मन्त्री खानको लागि विश्वासको मत दिएको भए त मन्त्री भइसकेपछि विश्वासको मत दिन्थेँ होला नि । मन्त्रि हुनुभन्दा अगाडी नै दिएको छु । मन्त्री पाउनका लागि विश्वासको मत दिएको होइन । पार्टी छुट्टै कुरा हो । परिवार छुट्टै कुरा हो । परिवारमा हाम्रो त्यस्तो केही पनि छैन । पार्टीगत रुपमा एकै विचारको व्यक्ति मात्र हुँदैन । विभिन्न विचारका व्यक्तिहरु हाम्रो पार्टीमा जोडिनु भएको छ र आफ्नो विचार राख्दाखेरी फरक फरक मत आउनु स्वभाविक नै हो । रेशम पार्टीको संस्थापक र जन्मदाता हुनुहुन्छ । पार्टीको महाधिवेशन गरेर उहाँलाई सर्वसम्मत् रुपमा अध्यक्ष स्वीकारेको पनि हो । त्यसपश्चात जुन निर्वाचन आयोगले आफ्नो निणर्य दिनुभयो । त्यसमा पनि रेशमजीले स्वीकारिसक्नु भएको छ । किनभने विधि, विधान कानुनभन्दा माथि कोहीपनि हुँदैन । रेशमजीले कानुनलाई स्वीकार गरेर जुन निर्वाचन आयोगले जुन अस्वीकार गरेको । परिवार फुट्दैन । म आफू सँगै छु नि स्टाटस लेख्दा । पार्टीगत रुपमा हाम्रो मत फरक हो ।’

उनले राजनीतिक कारणले आफ्नो परिवारमा कुनै समस्या पैदा नहुने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here