काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले आजित थिएँः प्रधानमन्त्री दाहाल


३० फाल्गुन २०८०, बुधबार १२:२५ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताउनु भयो ।

उहाँले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा माओवादी केन्द्रको समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here