काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकूलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गर्नुभएको उहाँले बताउनु भयो ।
उहाँले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताउनु भयो । उहाँले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताउनु भयो ।
उहाँले नेपाली काँग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।