काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शपथ लिएका छन् ।
विना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले शीतल निवासमा सोमबार शपथ लिएका हुन् ।
तामाङ माओवादी, गिरी एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थिति थियो ।