सत्ता समीकरण फेरिँदै, एमाले र रास्वपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने !


२१ फाल्गुन २०८०, सोमबार ०८:०१ मा प्रकाशित

काठमाडौँ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले यी सवालमा मिलेर जानुको विकल्प नभएको निष्कर्षका साथ सहमति जुटेको बताए ।

अब सत्ताका लागि नयाँ गठबन्धन गरेर जाने विषयमा पनि सहमति जुटेको बताइएको छ ।

यस विषयमा थप छलफल गरेर लिखित सहमति नै गर्ने गरी बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा सहमति भएको बताइएको छ ।

सत्तामा अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल सहभागी संभावना बलियो बनेर गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here