लागुऔषध सेवनविरुद्ध सचेतना बढाउँदै इलाका प्रहरी कार्यालय सुरुङ्गा


२० फाल्गुन २०८०, आईतवार १०:१० मा प्रकाशित

झापा । पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागुऔषध प्रयोगलाई निरुत्साहित गर्न इलाका प्रहरी कार्यालय सुरुङ्गाले विद्यालयहरूमा सचेतना अभियानलाई तीव्रता दिएको छ ।

यसैक्रममा कनकाई नगरपालिका वडा न.१ स्थित संस्थागत विद्यालय नवयुग शिक्षा निकेतन अंग्रेजी माध्यमिक विद्यालयमा एकदिवसीय लागुऔषध र साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविणकुमार भट्टराईले विद्यालयका कक्षा ९ र १० का १०० विद्यार्थीलाई लागुऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागुऔषधबाट मानिसमा पर्ने असर, साइबर अपराध यसको प्रकार र सजाय लगायातका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नवयुग शिक्षा निकेतन अंग्रेजी माविका पिन्सिपल तथा शिक्षकहरू लगायतको आतिथ्यता रहेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका अन्य विद्यालयहरुमा समेत यसप्रकारका प्रशिक्षणहरु नियमित रुपमा गर्दै आइरहेको छ ।

केही दिन अघि झापा मेरीगोल्ड अंग्रेजी माविमा पनि प्रशिक्षण सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here