खेलकुदले नागरिकलाई एकसुत्रमा बाँध्ने काम गर्ने सभामुख घिमिरेको भनाइ


२० फाल्गुन २०८०, आईतवार ०८:०८ मा प्रकाशित

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेलकुदले नागरिकलाई एकसुत्रमा बाँध्ने काम गर्ने बताउनुभएको छ ।

शनिवार झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले नागरिकलाई एकसुत्रमा बाँध्नका लागि खेलुकद क्षेत्रमा फुटबल महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले झापा गोल्डकपलाई छैटौं सँस्करणसम्म ल्याउने सबैलाई धन्यवाद दिनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले डोमालाल राजवंशी रंगशालामा प्यारापिट निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो । उहाँले सबै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्यारापिट निर्माणका लागि इमान्दार भएर लाग्न आग्रह गर्नुभयो ।

सभामुख घिमिरे र झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले संयुक्त रुपमा केक काटेर र बेलुन उडाएर अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै झापा गोल्डकपका अध्यक्ष बस्नेतले प्यारापिट निर्माणका लागि राजनीतिक दलका नेता सभामुख घिमिरेसंग प्रतिवद्धता माग गर्नुभयो । उद्घाटन कार्यक्रममा विभिन्न जातीय मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here