झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्दै ताप्लेजुङ लगेर बेच्दै


११ फाल्गुन २०८०, शुक्रबार १९:५२ मा प्रकाशित

झापा । झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल प्रहरीले ताप्लेजुङबाट बरामद गरेको छ ।

झापाबाट खटिएको प्रहरी टोलीले ७ वटा मोटरसाइकल बरामद गरेर झापा ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै बिर्तामोड ६ बस्ने २७ वर्षीय बालकुमार मगरसहित बरामद गरिएका मोटरसाइकल सार्वजनिक गरेको हो ।

गत शुक्रवार १ थान मोटरसाइकलसहित पाँचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि गरिएको अनुसन्धानपछि झापाबाट चोरी गरेर ताप्लेजुङ लगेर बिक्री गर्ने गरिएको पत्ता लागेको थियो ।

ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरूले कावेलीसम्म पुर्याइदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको बुझिएको छ ।

झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ ।

ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजार देखि १ लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here