मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुङ्गिन्छ : प्रधानमन्त्री प्रचण्ड


८ फाल्गुन २०८०, मंगलवार १२:४७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् ।

मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए ।

अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो । 

उनको विषयमा अब के हुने भन्नेबारे अन्यौलता रहेकै बेला प्रधानमन्त्रीले आजै यो विषय टुङ्गो लगाउने बताएका हुन् ।

बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् ।

तर, हालसम्म न उनको राजीनामा आएको छ  न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here