राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक


६ फाल्गुन २०८०, आईतवार ०८:३२ मा प्रकाशित

काठमाडौँ । २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here