काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न नसकिने बताउनुभएको छ ।
सोमवार नेकपा (एकीकृत समाजवादी) मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउनु भयो । उहाँले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताउनु भयो ।
उहाँले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गर्नुभयो । उहाँले गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।