तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालको सानदार जीत


२९ माघ २०८०, सोमबार १६:२३ मा प्रकाशित

काठमाडौ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ ।

जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो । पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ३३ बल अगावै मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि अनिल साह र भीम सार्कीले शतकीय पाली खेले ।

साहले नटआउट रहँदै ११२ तथा भीम सार्कीले नटआउट रहँदै १०१ रन बनाए । नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here