काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रु छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ । गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा रहेको छ ।
मासिक रु एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी उक्त रकम ठगी गरेकाले निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।