मंगोलियाको राजधानीमा ग्यास बिस्फोट हुँदा ६ जनाको मृत्यु


१० माघ २०८०, बुधबार १८:२१ मा प्रकाशित


मंगोलियाको राजधानीमा ग्यास बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।

मङ्गोलियाको राजधानीमा बुधवार ६० टन ग्यास बोकेको एउटा ट्याङ्कर बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।

कम्तीमा १४ जना घाइते भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएको छ । पूर्वी जिल्ला बायानजुर्खको सडकमा दुर्घटना भएको थियो ।

यसका साथै बिस्फोटका कारण करिब ३० सवारी साधन जलेका छन् । घटनास्थलबाट नजिकका धेरै भवनहरू आंशिक रूपमा ध्वस्त भएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here