चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छः मन्त्री बस्नेत


२९ पुष २०८०, आईतवार १८:४१ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विद्युतीय सवारी सधानको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेशनले मात्रै धान्न नसक्ने भन्दै थप स्टेशन बनाउनका लागि निजी क्षेत्रको सहभागिता आवश्यक पर्ने बताउनु भयो ।

उहाँले चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रहरु आइरहेको भन्दै अझै निजी क्षेत्रलाई भित्र्याउनका लागि सरकारले वातावरण बनाउने बताउनु भयो ।

उहाँले विद्युतिय सवारी साधनको प्रयोगका लागि राज्यले प्रोत्साहन गर्ने बताउनु भयो ।

उहाँले राज्यले सबै कुराको ग्यारेन्टी गरेपछि मात्रै विद्युतीय सवारी साधनको प्रयोगमा जाने भन्नेकुरा गलत भएको भन्दै प्रयोग गर्दै आइपर्ने समस्याहरु समाधान गर्दै जानुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here