जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोह पक्राउ


२९ पुष २०८०, आईतवार १८:४४ मा प्रकाशित

जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोहलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएको चार वटा गाडीसहित चोरी निकासीमा संलग्न जनकपुर जलेश्वरका मोख्तार अन्सारी र महोत्तरी लोहरपट्टीका जमजम भनिने अन्सारुल कवारीलाई आईतवार पक्राउ गरी सार्वजनिक गरेको हो ।

चोरी निकासी कार्यमा संलग्न अर्का १ जनाको भने खोजी भईरहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक मित्रवन्धु शर्माले बताउनु भयो ।

मोख्तारले भारतबाट गाडी चोरी निकासी गर्ने गरेको र अर्का जमजम भनिने कवारीले नेपालमा सो गाडी बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको पनि प्रहरीले जनाएको छ ।पक्राउ परेका अभियुक्तलाई आवश्यक कानूनी कारबाही शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here