हानले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने


२९ पुष २०८०, आईतवार १८:०२ मा प्रकाशित

होटल संघ नेपालले माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ ।

होटल क्षेत्रको समग्र विकासमा मद्दत पु¥याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो ।

संघका अध्यक्ष विनायक साहले होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरू र चुनौतिबारे समिक्षाको लागि सत्कार दिवस बनाउन लागेको बताउनु भयो ।

उहाँले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताउनु भयो ।

उहाँले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा सरोकारवालहरुसँग छलफल गरी कार्यनीति अगाडि ल्याउने बताउनु भयो ।

संघले तयार गरेको नेपाल होटल इयरबुक–२०२४ र इ–लर्निङ प्लेटफर्म’ मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक सार्वजनिक गरिने बताउनु भयो ।

उत्सवमा सातै प्रदेशको रैथाने मौलिक खानाहरु स्वदेशी र विदेशी गरी ३ सय जना पाहुनालाई सत्कार गर्ने बताउनु भयो । उहाँले संघले सत्कार दिवसलाई आगामी वर्षदेखि निरन्तरता दिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here