कोशी प्रदेशको सभामुखमा राप्रपाले उम्मेदवारी दिने


२४ पुष २०८०, मंगलवार १२:१९ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको सभामुखका लागि राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिने भएका छन् ।

राप्रपाको मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

सत्ता गठबन्धनले राप्रपाका विष्टलाई उम्मेदवार बनाउने भएपछि एमाले अलमलमा छ ।

एमालेले उम्मेदवारी नदिए सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुनेछन् । सभामुखको निर्वाचन दिउँसो ३ बजेका लागि तय भएको प्रदे्सभा सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here