राष्ट्रिय सभा निर्वाचन: कोशीबाट एमालेले गर्यो सात जनाको नाम सिफारिस, झापाबाट को-को परे?


२० पुष २०८०, शुक्रबार ०४:४६ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशबाट निर्वाचित हुने दुई जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले केन्द्रलाई सात जना उम्मेदवारको सिफारिस गरेको छ । कोशी प्रदेशका पदाधिकारीको बिहीबार काठमाडौँमा बसेको बैठकले चारजना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा उमानाथ ओली (झापा), हरिशचरण बानियाँ (झापा), परशुराम अधिकारी (भोजपुर) र कर्ण घले (खोटाङ)को नाम सिफारिस गरेको हो । यस्तै तीनजना महिलामा रजनी मेचे (इलाम), मेचीमाया धिमाल र रुक्मिणी कोइराला (सुनसरी) रहेका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खुलातर्फका नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले निर्वाचन हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here