राष्ट्रिय सभाको निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुट्न सकेन


१९ पुष २०८०, बिहीबार १३:१२ मा प्रकाशित

काठमाडौ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताउनुभएको छ । रोल…

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी ४ राजनीतिक दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगि नसकेको बताउनु भयो ।

उहाँले आज साँझ वा शुक्रवार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी ४ राजनीतिक दलका नेताहरुको छलफल भएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको छ । मुलतः राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भएको छ । थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहन बस्ने गरी उठेका छौँ । एमालेसँगको छलफल, समसामयिक राजनीतिक विषयमा भइरहेको हुनाले एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।’

प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here