बिर्तामोड । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले निम्नअनुसार माग राखेर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
मागहरु:
१. बिर्तामोड नगरपालिकाको अघिल्लो कार्यकालमा बजार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापनलाई मध्यनजर गर्दै वडा नं. ६ मा अटोल्याण्ड सञ्चालनमा ल्याएको थियो। नगरपालिकाले त्यसैबेला २ पाङग्रे र ३ पाङग्रे सवारीलाई पनि अटोल्याण्डमा लैजाने निर्णय गरेको थियो। तर, व्यवसायीहरुको माग र बजारको परिस्थिति मध्यनजर गर्दै उक्त सवारीलाई यथावत स्थानमै रहने गरी नविकरणको व्यवस्थापन मिलाइदिन माग गर्दछौं ।
२. व्यवसायीको हितका लागि नगरपालिकाले कर छुटमा दिएको समय सीमा कार्तिक मसान्तमा समापन भएको हुँदा उक्त सुविधालाई माघ मसान्तसम्म निरन्तरता दिन जोडदार माग गर्दछौं । ३. विर्तामोड नगरपालिकाले सम्पत्ति कर र व्यवसायीक करमा गरेको नयाँ व्यवस्था अव्यवहारिक भएको आम व्यवसायीहरुको ठहर छ। मानौ सम्पत्ति कर बुझाएपछि मात्रै व्यवसायिक कर बुझ्ने निर्णयलाई पुनरावलोकन गरी व्यवसाय नविकरण गरिदिन माग गर्दछौं ।
४. बिर्तामोड नगरपालिकाको कारोवारका आधारमा व्यवसायिक कर लिने प्रावधान अवैज्ञानिक भएको हुँदा पूँजीको आधारमा कर निर्धारण गर्न जोडदार माग गर्दछौं ।