सरकारको कामकारबाहीप्रति नेकपा एसको असन्तुष्टि


१३ पुष २०८०, शुक्रबार १८:३८ मा प्रकाशित

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ ।

ललितपुरमा शुक्रवार सम्पन्न पार्टीको केन्द्रिय कार्य समिति बैठकले सरकारको कामकारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो ।

बैठकले परिणाममुखि कार्य गर्न पनि सरकारलाई अग्रसर हुन आग्रह समेत गरेको छ ।

सरकारलाई देश र जनताको पक्षमा परिणामुखि काम गर्नका लागि अग्रसर हुन आग्रह गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले सहकारी क्षेत्रमा देखिएको गैर कानूनी कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कानूनी कारबाही गर्न पनि सरकारलाई सचेत गराएको छ ।

त्यसैगरी वित्तीय नीतिमा सुधार गर्दै आम उपभोक्ता र लगानीकर्ताहरुलाई उत्साहित बनाउने तथा उत्पादन वृद्धिमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

कृषि क्षेत्रको सुधार गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशातर्फ कदम चाल्न पनि सरकारलाई बैठकले सुझाव दिएको प्रवक्ता खतिवडाले बताउनु भयो ।

नेकपा एसले जनताले उत्पादन गरेका कृषि उपजहरुको न्युनतम समर्थन मूल्य तोकेकोमा सो मूल्यमा खरिद गरी त्यसको बजारीकरणको आवश्यक्ता व्यवस्था मिलाउन सरकारसँग दबाब पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here