नेपाल पशुपंक्षी व्यवसायी संघले पशुसम्बन्धि ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेको छ ।
संघका सचिवालयका प्रमुख आत्माराम पौडेलले सरकार र व्यवसायी दुवैले पालना गर्न नसकिने खालको प्रावधानसो ऐनमा रहेकाले त्यसलाई तत्काल परिमार्जन गर्नुपर्ने बताउनुभएको हो ।
शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै पौडेलले सो ऐन परिमार्जनका लागि सरकार र संसदीय समितिमा आफूहरुले दिएको निवेदनको समेत सुनुवाई नभएको गुनासो गर्नुभयो ।
उहाँले सर्वोच्च अदालतले समेत दुई पटक सो ऐनलाई समयसापेक्ष बनाउन दिएको आदेशको पालना गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।