काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरुको लाइन सामुहिक निणर्यबाट काटिएको दाबी गरेका छन् ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकार, अदालत र संसदीय समितिको निणर्य र निर्देशनमा काटेको महशुल नतिर्नेहरुको लाइन काटेको बताएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले विभिन्न समयमा मन्त्रीपरिषद्को निणर्य, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महशुल नतिर्ने उद्योगको विद्युत लाइन काटेको बताए ।
उनले नेपाल विद्युत प्राधिकरणको एकल निणर्य र कार्यकारी निर्देशकको निर्देशनले मात्रै ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगको लाइन नकाटिएको स्पष्ट पारे । उनले यो विषय अहिले ठूलो विषय बनेको र सामुहिक विषय बनेको बताए ।