नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिनुभएको छ ।
आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताउनुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहााले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको बताउनु भयो ।
चन्दलाई अदालतबाट पक्राउ पूर्जि जारी गरिएको छ ।
उहाँले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जिबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताउनु भयो ।






