काठमाडौं मेडिकल कलेजमा दुर्लभ सर्जरी


१० पुष २०८०, मंगलवार १९:१३ मा प्रकाशित

काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ ।

छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ ।

यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताउनु भयो ।

उहाँले काठमाडौं मेडिकल कलेजले ९ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको र सो समस्या बिना अप्रेशन निकाल्न सफल भएको बताउनु भयो ।

उहाँले यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भएपनि यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको बताउनु भयो ।

अप्रेशन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठिक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताउनु भयो ।

यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here