प्रधानमन्त्री दाहालसँग देउवा र ओलीको भेट


८ पुष २०८०, आईतवार १२:०९ मा प्रकाशित
k|d …k|r08ږe]63f6 sf7df8f}F, * k'; M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú, g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL tyf g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf / g]kfnL sfFu|];sf k|d'v ;r]ts /d]z n]vs lar 6Lcf/;Lsf] af/]df cfOtaf/ afn'jf6f/df e]63f6 . tl:a/ M k|bLk/fh jGt÷/f;;

काटमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मुख्यगरी सङ्क्रमणकालीन न्याय ९टीआरसी० को विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि हुनुुहुन्थ्यो ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । भोलि फेरि बैठक बस्नेछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन अवस्थामा छ ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर विधेयक आउँदो सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी छ । २०६३ साल मङ्सिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको बृहत् शान्ति सम्झौतामा ६ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिएको थियो । तर १७ वर्ष बितिसक्दा पनि यो विषय सुल्झिन सकेको छैन ।

यस अवधिमा गठित सत्य निरूपण अनि बेपत्ता छानबिन जस्ता आयोगले ६० हजारभन्दा धेरै उजुरी सङ्कलन गरे पनि पीडितलाई न्याय र परिपूरणको काम टुङ्गोमा पुग्न नसकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here