काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय के.भी. इनरुवा जिआईस सवस्टेसन उद्घाटनको क्रममा शुक्रवार प्रधानमन्त्री दाहालले आफू नयाँ धक्काको नजिक पुगेको बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोशिस गरिरहेको बताउनु भयो । अबको निणर्य जनताको साथमा हुने बताउनु भयो । जनतालाई निराश पार्ने भाष्य समाजमा सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै नकारात्मक भाष्यबाट टाढा बस्न आग्रह गर्नुभयो ।
उहाँले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गर्नुभयो । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने दाबी गर्नुभयो ।