मन्त्री किराँतीलाई भिम रावलको प्रश्नः किराँतीले ‘मुन्धुम’ मान्नु देश द्रोह हो ?


६ पुष २०८०, शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका नेता डा. भिम रावलले किराँतीहरुले मुन्धुम मान्नु देश द्रोह हो कि हैन भनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलाई प्रश्न गर्नुभएको छ ।

मन्त्री किराँतीले केहि दिन अघि एक क्रिस्चियन कार्यक्रममा गई क्रिस्चियन धर्म नमान्ने देशद्रोही भएकाले जेल कोच्नुपर्ने जस्ता उच्छ्रीङ्खल अभिव्यक्ति दिनुभएको थियो । सोही कुरालाई लक्षित गर्दै नेता रावलले मन्त्री किराँतीको पुस्ता थिए कि थिएनन ? थिएनन् भने आफ्नो पुस्ता देशद्रोही हो कि हैन ? भनि गम्भीर प्रश्न गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न: के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिएरु किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here