काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छः देउवा


५ पुष २०८०, बिहीबार १९:३४ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।

बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताउनु भयो । उहाँले अहिले काँग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here