भारतले खोल्न नमानेको बाँध फुट्यो, रौतहटका अधिंकाश गाउँ डुबानमा


२८ असार २०७६, शनिबार १२:४३ मा प्रकाशित

रौतहट । अविरल वर्षापछि आएको बाढीले बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध भत्काएको छ ।

यो बाँध भारतीय पक्षले खोल्न नमान्दा नदीमा बढेको पानीको बहाबले भत्काएको स्थानीयले बताएका छन् । बाँधका कारण रौतहटका अधिंकाश गाउँ डुबानमा परेका छन् । जिल्ला जलमग्न भएपछि बाँध खोल्न जिल्ला प्रशासनले थालेको पहललाई भारतीय पक्षले अस्वीकार गर्दा बाँध फुटेको हो ।

बाँध फुटेपछि रोतहटमा पानीको सतह कम हुँदै गएको छ भने भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियामा पानीको सहत बढ्न थालेको छ । त्यहाँका स्थानीय अहिले त्रसित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here