पशुपतिनाथ मन्दिर भित्र पनि सिरिञ्ज आक्रमण


२८ असार २०७६, शनिबार १२:३१ मा प्रकाशित

काठमाडौं । पशुपतिनाथ मन्दिर भित्र सिरिञ्ज आक्रमण भएको छ । एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको गुनासो गरेपछि परीक्षणका लागि प्रहरीले अस्पताल पठाएको छ ।

अहिले प्रहरीले पशुपतिका चारै ढोका बन्द गरेर शंकास्पद व्यक्तिको खोजी जारी राखेको छ । घटनाका बारेमा जानकारी दिँदै प्रहरी निरिक्षक कपुर गुरुङले ५२ वर्षकी एक महिलाले सिरिञ्ज आक्रमण भएको गुनासो गरेको बताए । उनले भने,’अन्दाजि ५२ बर्षिय महिलाबाट गुनासो आएपछी हामीले उनलार्इ अस्पताल पठाएका छौ । शंकास्पद व्यक्तिको खोजी जारी छ ।’

गुनासो गर्ने महिलालाई सुक्रराज ट्रपिकल अस्पताल टेकु पठाइयो । काठमाडौ प्रहरीले भने यो हल्ला मात्रै पनि हुन सक्ने दाबी गरेको छ । यसअघि बनेपामा पनि सिरिञ्ज आक्रमणको हल्ला चलाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here