राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएका छौँः अध्यक्ष लिङ्देन


१ पुष २०८०, आईतवार १५:३१ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको दाबी गर्नुभएको छ ।

आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उहाँले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि बताउनु भयो ।

अध्यक्ष लिङदेनले विगतमा निर्वाचनमा अपेक्षा अनुसार परिणाम हात नपारेपनि आफ्नो पार्टीले अग्रमगनको बाटो तय गर्दै अघि बढेको दोहो¥याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here