समाचारमा केन्द्रित भएर मात्रै प्रिन्टेड मिडियाहरु सञ्चलन हुन नसक्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाइ


१ पुष २०८०, आईतवार १४:१५ मा प्रकाशित

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चलन हुन नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा द राइजिङ नेपालको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको बताउनु भयो । सूचना जनतासमक्ष लैजाने एउटा पाटो भएपनि जनताको कुराहरु र गुनासाहरु सकारसम्म पुर्‍याउने काम पनि सञ्चारमाध्यमको भएको बाउनु भयो । मन्त्री शर्माले जनतासम्म सरकारले गरेका निर्णयहरु पुर्‍याउने काम पनि सञ्चारमाध्यमको भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here