काठमाडौँ । डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले तीन दिने सत्याग्रहको घोषणा गर्नुभएको हो ।
सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उहाँले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह शुरु गर्ने बताउनु भयो ।
विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उहाँको आरोप छ ।