निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने


२८ मंसिर २०८०, बिहीबार १८:५४ मा प्रकाशित

रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ ।

बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधिन क्रिकेट रंगशाला फागुन एक गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो ।

सो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताउनु भयो । उहाँले मैदानमा सात वटा पिच रहेको र फागुन एक गतेबाट प्रतियोगिताका लागि योग्य हुने स्पष्ट पार्नुभयो ।

उहाँले रंगशाला निर्माणको समयसीमा सकिन ४ महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको हो ।

रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो । उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट शुरु गर्ने पनि निर्देशक कुँवरले बताउनु भयो ।

सबै रुमहरुको काम वैशाखसम्म सकिसक्ने बताउनु भयो । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइने बताउनु भयो ।

उहाँले आगामी दशैँ सम्ममा रंगशाको सम्पूर्ण काम पूरा हुने प्रतिवद्धता जनाउनु भयो ।पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरै भन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर प्रतियोगिताहरु सञचालन गर्न आग्रह गर्नुभयो ।क्रिकेट रंगशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ । नेपालमा क्रिकेटको लोकप्रियता बढीरहेको समयमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु सुखद् पक्ष हो ।

यस किसिमको काम अन्य निजी क्षेत्रहरुले पनि अनुशरण गर्नुपर्ने आवश्यकता छ । साथै खेलकुदमा लगामी गर्ने निजी क्षेत्रहरुलाई सबैले प्रोत्साहन गर्नसके समग्र खेलकुदको विकासमा सहयोग पुग्नेमा दुई मत छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here