चलचित्र दान्भीको ट्रिजर सार्वजनिक


२८ मंसिर २०८०, बिहीबार १७:४१ मा प्रकाशित

नेपाली चलचित्र दान्भीको ट्रिजर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रिजर सार्वजनिक भएको हो । चलचित्रको निर्देशन ?पेश तामाङ हुनुहुन्छ भने फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ ।

फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पूजा शर्माले दान्भीलाई सबैले मन पराउनेमा विश्वस्त रहेको र दान्भीलाई सफल बनाइदिन आग्रह गर्नुभयो ।

उहाँले दान्भी एक्शन चलचित्र रहेकाले आगामी दिनमा आफू एक्शन फिल्मका लागि स्क्रिप्ट तयार गरेको र निर्माण गर्ने इच्छा रहेको बताउनु भयो । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here