संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको छ ।
बुधवार सांस्कृतिक संस्थानले आयोजना गर्न लागेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा तथा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको हो ।
उहाँले देशको विकास योजनाहरुमध्ये ५२ प्रतिशत विकासका योजनाहरु पूरा नहुनुको कारण सो योजना संस्कृतिमैत्री नहुनु रहेको बताउनु भयो । विकास नीति तथा योजनाहरु संस्कृतिमैत्री नभएका कारण विभिन्न ठाउँमा बाधा तथा अवरोधहरु हुने गरेको उहाँको भनाई छ ।
मन्त्री किराँतीले संघीय संस्कृति निर्माण गर्नको निम्ति संघीय संस्कृति नीति अध्ययन समिति बनाइएको बताउनु भयो ।
सो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन, कानून बनाउँदै जाने उहाँले बताउनुभ यो । उहाँले संस्कृतिलाई उद्योगमा जोड्ने खालको नीति पनि तयार गर्नुपर्ने बताउनु भयो ।