काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताउनुभएको छ ।
आईतवार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताउनु भयो ।
उहाँले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताउनु भयो ।
उहाँले काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै प्रश्न गर्नुभयो ।
महामन्त्री थापाले काँग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताउनु भयो ।