पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्‍योः ओली


२३ मंसिर २०८०, शनिबार १२:४२ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताउनुभएको छ ।

शनिवार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताउनु भयो । उहाँले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै उहाँले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले सार्वभौम सत्ता, स्वाधिनताको र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने बताउनु भयो । उहाँले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको बताउनु भयो ।

अध्यक्ष ओलीले विकासमा कुनैपनि नेपाली भूभाग पछि पर्नु नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here